८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अमेरिकी मतदातालाई तर्साउन इरानको इमेल, मतदाता विवरण इरान र रुसमा रहेको दावी


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्र्याटिक मतदाताहरूलाई तर्साउने गरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको बताएका छन् ।

नेशनल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट आएको र मानिसहरूलाई उत्तेजित पारेर अस्थिरता फैलाउने उद्देश्य राखेको देखिने बताए ।

¥याटक्लिफले रुस र इरानसंग अमेरिकी मतदाताको विवरण रहेको पत्ता लागेको समेत बताएका छन् । रुस र इरान दुवै देशले गैरकानुनी रूपमा केही मतदाताका विवरण पाएको उनको आरोप छ ।

इरानले अमेरिकीहरूलाई फर्जी इमेलहरू पठाउँदै अन्योल एवं असहज पार्नुका साथै अमेरिकी प्रजातन्त्रप्रतिको आत्मविश्वास कमजोर पार्न खोजेको समेत आरोप लगाए ।

सङ्घीय अनुसन्धान ब्यूरोका निर्देशक क्रिस्टोफरले अमेरिकी चुनाव सुरक्षित रहेको र त्यस्ता कुरा सहन गर्न सक्ने बताउनुभयो ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन दुई साताभन्दा कम समय बाँकी रहंदा नेशनल इन्टेलिजेन्सका निर्देशकले यस्तो खुलासा गरेका हुन् ।

हुलाकबाट पहिल्यै गर्न सकिने मतदानमा ४ करोडभन्दा बढि मत खसिसकेको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्दै आलोचित हुने गरेको छ । एजेन्सी