
सिन्धुली । सिन्धुलीमा कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
सरकार र समुदायको साझा प्रयासबाट करिव २ करोड ५० लाख रुपैयाँकोे लागतमा निर्माण गरिएको कोभिड अस्पतालमा भेण्टिलेटर र आइसियु कक्षको समेत प्रबन्ध गरिएको छ ।
अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी गरिएको छ ।
कोभिड अस्पताल सञ्चालनमा आएसँगै सदरमुकाम सिन्धुलीमाडीमै पीसीआर परीक्षण गर्ने समेत तयारी थालिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्