
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ ।
बुधबार काठमाडौं उत्रिएका रअ प्रमुख प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर भेट भएको पुष्टि गरेका हुन ।
भेटका क्रममा गोलयले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उल्लेख गरेका छन् ।
प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको हो ।उनीहरूलाई लिएर आएको भारतीय एयरफोर्सको जहाज अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्