८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नदीमा डुबेर दुई बालिकाको मृत्यु


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन २ । कैलालीको लम्कीचुहा नगरपालिकामा नदीमा नुहाउनेक्रममा डुबेर बुधबार दुईजनाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिकानजिकै रहेको रोराखोलामा डुबेर दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर–२, बघौराकी अन्दाजी १३ वर्षीया संगीता ढकाल र सोही ठाउँकी पुष्पा धमला रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख सुरेन्द्र जोशीले जानकारी दिए ।

स्थानीयहरुले बालिका डुबेको खबर गरेपछि प्रहरीले उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले दुवै बालिकालाई मृत घोषणा गरेका हुन् ।

दुवै बालिकाको शव पोस्टमार्टमपछिमात्रै परिवारलाई जिल्ला लगाइने प्रहरीले जनाएको छ ।