
काठमाडौं, कात्तिक ६ । सरकारले विभिन्न १६ ओटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ४ गते बसेको बैठकले ती निर्णयहरु गरेको हो ।
मन्त्रिपरिषद्ले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशीष गजुरेललाई नियुक्त गरेको छ ।
यस्तै, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत, पाटनका न्यायाधीश लोहितचन्द्र शाहलाई तोकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।
बैठकले न्यूनतम् समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने निर्देशिका, २०७७ स्वीकृत गरेको छ ।
नेपाली सेनाका महासेनानी दिपेशजंग शाहसमेत तीनजना महासेनानीहरूको बढुवा गरी पदस्थापन तथा सहायकरथी कृष्णमुरारी न्यौपानेसमेत पाँच सहायक रथीहरूको सरुवा गरिएको छ ।
परराष्ट्र नीति, २०७७ स्वीकृत गर्नेलगायतका विभिन्न १६ ओटा निर्णयहरु सो बैठकले गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका प्रवक्ता गुरुङले बताउनुभयो ।
निर्णयहरु पढ्नोस्
प्रतिक्रिया दिनुहोस्