२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


छ हजार अक्सिजन बेड थप्ने सरकारको तयारी


0
Shares

काठमाडौं, कात्तिक ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन बेड अर्थात् हाई डिपेन्डेन्सी युनिट (एचडीयू)का लागि अस्पतालहरु छनोट गरेर रकम पठाउन सुरु गरेको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरमा ६,००० एचडीयू थप्न लागेको जनाकारी दिनुभएको हो ।

अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई चार अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ दिएको छ । त्यसअनुसार उपत्यकाका त्रिवि शिक्षण अस्पताल, पाटन र वीर अस्पतालमा १००/१०० अक्सिजन बेड थपिनेछ ।

यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल पुलिस अस्पताल, कीर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्र, धुलिखेल अस्पताल, दहचोक अस्पताल, निजामती अस्पताल, वीरेन्द्र अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा ५०/५० एचडीयू थपिनेछ ।

त्यस्तै, उपत्यका १६ अस्पताल र उपत्यकाबाहिरका २१ ओटा अस्पतालमा २५/२५ ओटाका दरले एचडीयू थप्न लागिएको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ ।