२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


‘क्लिनफिड’सँगै उपभोक्तामा आर्थिक भार’


0
Shares

काठमाडौं, कात्तिक ६ । सरकारले विदेशी च्यानलहरुको प्रसारणमा विज्ञापनरहित (क्लिनफिड) लागू गरेसँगै उपभोक्तामा आर्थिक भार थपिने भएको छ ।

नेपाल सरकरको नीतिअनुसार विदेशी सःशुल्क च्यानलले विज्ञापनरहित विषयवस्तु प्रसारण गर्न साविकको मूल्यमा दिन नसक्ने बताएका छन् ।

सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले विज्ञापनरहित प्रसारण हुन थालेपछि ग्राहकले कम्तीमा २५ प्रतिशत थप शुल्क तिर्नुपर्ने अवस्था आउने बताउनुभयो ।

साथै, च्यानलहरुलाई व्यवस्थितरुपमा हेर्न अझै तीन-चार महिना कुर्नुपर्ने पनि उहाँले बताउनुभयो ।