
काठमाडौं । बेल्जियममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गम्भीर अवस्थामा रहनु भएकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार गराइएको छ । पूर्व प्रधानमन्त्री भएपनि अहिले उपप्रधानमन्त्री तथा विदेश मन्त्रीका रुपमा कार्यरत हुनुहुन्छ ।
उहाँको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरुलाई जानकारी दिनुभएको छ ।
विल्मेस बेहोस अवस्थामा नरहेको र उहाँको अवस्था पनि चिन्ताजनक नरहेको उहाँले स्पष्ट पार्नुभएको छ ।
अहिले ४५ बर्ष हुनुभएकी विल्मेसलाई बुधबार बेलुका मात्रै अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उहाँ आफ्नो पारिवारिक सदस्यबाट गत हप्ता सङ्क्रमित हुनुभएको थियो ।
बेल्जियममा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या अत्यधिक बृद्धि हुदै गएको छ ।
कोरोनाभाइरसकै कारण बेल्जियममा अहिलेसम्म दश हजारभन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।रासस/एपी
प्रतिक्रिया दिनुहोस्