
काठमाडौं । नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारी समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुनुहुनेछ ।
नेपाली सेनाले हरेक बर्ष आयोजना गर्दै आएको फूलपाती बढाइँ संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र यस वर्षको बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले करिब आधा घण्टाको हुनेछ भने कार्यक्रममा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ । फुलपाती बढाईमा पाहुनाको संख्या कटौती गरी सय जनामा सीमित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्