
काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
समूह चरणको पहिलो खेलमा गएराति अष्ट्रियन क्लब रापिड विएनलाई २–१ ले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो ।
रापिडको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो ।
खेलको ५१ औं मिनेटमा ट्याक्सीअरचिस फोन्टसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
तर, ७० औं मिनेटमा डेभिड लुइजले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।
जितसँगै समूह ’बी’ को आर्सनलले महत्वपूर्ण ३ अंक जोडेको छ । रापिडले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
यसै समूहको अर्को खेलमा मोल्डेले डुनडाल्कलाई २–१ ले नै हराएको छ ।
प्रतिक्रिया दिनुहोस्