१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विपी प्रतिष्ठानमा कोरोना संक्रमितका लागि धरौटी राखेर मात्र उपचार


0
Shares

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

नयाँ नियम अनुसार प्रतिष्ठानले सक्र्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोही अनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको छ ।

कुनै लक्षण नभएका सक्रमितले ७ हजार धरौटी राख्नुपर्ने र प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ ।

हल्का लक्षण भएकाहरु १२ हजार धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन ३ हजार ५ सय शुल्क तिर्नु पर्ने छ ।

मध्यम लक्षण भएका बिरामीले ३५ हजार धरौटी र प्रतिदिन शुल्क ७ हजार ५ सय तिर्नुपर्नेछ ।

यस्तै गम्भीर लक्षण भएका बिरामीले ६० हजार धरौटी राखी दैनिक १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ ।

यसअघि प्रतिष्ठानले सक्रमितको उपचार निःशुल्क गर्दै आए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरेपछि शुल्क निर्धारण गरेको हो ।