
वीरगन्ज । वीरगञ्जमा आफ्नै कार्यकर्ताको कुटाईबाट घाईते भएका पर्सा विन्दबासिनी नेकपा गाउँपालिका समितिका सचिव निधन मुकेश चौरसियाको निधन भएको छ ।
विहीबार पार्टीको शपथग्रहण कार्यक्रममा भएको झडपका क्रममा गम्भीर घाइते भएका चौरसियाको शुक्रबार बिहान वीरगञ्ज न्युरो अस्पतालमा निधन भएको हो ।
उनको टाउकोमा गम्भिर चोट लागेको थियो । गाउँपालिका समितिको सपथ ग्रहण कार्यक्रम भइरहेका बेला असन्तुष्ट पक्षसंगको विवाद चर्किएपछि दुई पक्षबीच लाठी हानाहान भएको थियो ।
झडपमा ८ जना घाइते भएका छन् । तत्कालीन एमाले र एकीकृत माओवादीको एकीकरण पछि गठन भएको गाउँपालिका समिति सदस्यको सपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विरोध जनाएपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएको थियो ।
प्रतिक्रिया दिनुहोस्