१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ठूलो परिमाणमा अवैध काठ बरामद


0
Shares

पाँचथर, कात्तिक ७ । सशस्त्र प्रहरीले पाँचथरको फिदिम नगरपालिका लुङरुपाबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ ।

स्थानीय मकैबारी ठूलो डोढ सामुदायिक वनबाट बान्टे कटुसको १७ सय नौ फिट चिरानी काठ बरामद गरिएको पाँचथरका सशस्त्र प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प राँकेबाट खटिएको गस्ती टोलीले ३० लाख ७७ हजार ८०० रुपैयाँ बराबरको बान्टे कटुसको काठ नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको काठ डिभिजन वन कार्यालय फिदिममा बुझाइएको छ ।

कटानी, चिरानी पुर्जी नगरी काठ काटेको पाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।