१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गीतमा समेटियो लिम्पियाधुरा-लिपुलेक र कालापानी, ११ जना कलाकारले दिए स्वर


26
Shares

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक, कालापानी भू–भाग नेपाली भूमि भएको सन्देश दिने उदेश्यले ११ जना गायक गायिकाले स्वर भरेको राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ ।

बरिष्ठ गीतकार बुद्धविर लामाको शब्दमा तयार भएको गीतमा नेपालका ख्यातीप्राप्त कलाकारले स्वर भरेर अभिनय पनि गरेका छन् ।

रमेश बोखिम राईको संगीतमा तयार गीतमा यम बराल, सत्यकला राई, राज सागर, काब्य आचार्य, दिपेन गुरुङ, दिब्या लामा, रमेश बोखिम राई, विना भट्टराई, खुशी थुलुङ, पवन राई अभि राईले स्वर दिएका छन् ।

दिपेन गुरुङले निर्देशन गरेको भिडियोमा सबै गायक गायिकाले अभिनय पनि गरेका छन् । साथै बैकुण्ठ मानन्धर, डोमा ह्योल्मू, विनु गुरुङ, विभुषा लामा, मोहन खत्री, सुभाष लकान्द्री, दिपेन खत्री, चन्द्र महर्जन, लक्ष्मीनानी महर्जन, दावा शेर्पा र पर्वत गुरुङले पनि भिडियोमा अभिनय गरेका छन् ।

कृष्ण लिम्बुले संगीत संयोजन गरेको गीत भ्वाइस अफ नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमार्फत राष्ट्रभावलाई प्रोत्साहन गर्न र राष्ट्रियताबारे कटिबद्ध हुन सहयोग पुग्ने उदेश्यले गीत र भिडियो तयार गरिएको गायक तथा संगीतकार रमेश बोखिम राईले बताए ।

गीतको बाद्यवादनतर्फ बासुरीमा नागेन्द्र राई, सारङ्गीमा मनिश गन्दर्भ, गीतारमा कृष्ण लिम्बु र शब्द बाचनमा राज सागरले सहयोग गरेका छन् ।

भिडियो