१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चौरसिया हत्या प्रकरण :पर्सामा नेकपा नेता तथा कार्यकर्ताहरुद्वारा सरकार र प्रहरी बिरुद्ध प्रदर्शन


0
Shares

वीरगन्ज । पर्साको विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साले जिल्ला प्रहरी कार्यालय अगाडी प्रर्दशन गरेको छ ।

नेकपा पर्साका नेता तथा कार्यकर्ताहले सरकार र प्रहरीका बिरुद्ध चर्को नारावाजी गर्दै प्रर्दशन गरेका छन् ।

घटनामा संलग्न व्यक्तिहरुलाई सरकारले संरक्षण गरेको भन्दै पुष्पकमल दाहाल र माधव नेपाल पक्षधर नेता र कार्यकर्ताहरुले कर्तब्य ज्यान मुद्दाको जाहेरी दर्ता गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेकपा केन्द्रिय सदस्य नागेन्द्र चौधरी,पुर्व सांसद बिचारी यादव, बालगोपाल थापा, गाउँपालिका अध्यक्ष जालिम मिया लगायतका नेताहरुको नेतृत्वमा प्रर्दशन गरिएको छ ।