१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरीमा डुबेर दुई युवकको मृत्यु


0
Shares

कपिलवस्तु, कात्तिक ८ । कपिलवस्तुमा पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

शनिबार बिहान कमलको फूल टिप्न गएका दुई युवकको महाराजगन्ज नगरपालिकामा रहेको मतखनवा पोखरीमा डुबेर मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका–५ का ३२ वर्षीय अशोककुमार पाठक र सोही ठाउँका २६ वर्षीय करमहन्स पाठक रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

बिहानै पूजाको लागि फूल टिप्न गएका उनीहरु पोखरीमा डुबेको थाहा पाएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

दुवैजनाको शव पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्ज लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताउनुभयो ।