१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चहलपहल बढ्दा संक्रमण तीव्ररुपमा फैलिने खतरा


0
Shares

प्यूठान, कात्तिक ८ । चाडपर्वसँगै प्यूठानका बजारमा भिडभाड बढ्न थालेको छ । चाडबाडमा कोरोनाभाइरसको जोखिम बढ्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।

तर, बजारमा मानिसहरुको चहलपहल बढ्दा कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलिने जोखिम झनै बढ्ने देखिन्छ ।

चाडबाडको समयमा आवतजावत बढ्दा कोरोनाभाइरसको जोखिम बढ्ने देखिएको छ ।

प्यूठानमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्रगतिमा फैलिएको छ । हाल प्यूठानमा १४१ जना सक्रिय संक्रमित रहेका छन् भने ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा जिल्लामा भारत तथा जिल्लाबाहिरबाट मानिस आउँदा कोरोनाको जोखिम बढेको हो भने बजारमा दशैंका लागि किनमेल गर्नेको भिड हुँदा तथा मानिसहरुले स्वास्थ्य सुरक्षा मापदन्ड नअपनाउँदा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमै फैलिने जोखिम झनै बढेको छ ।

दशैं सुरु भएसगै मानिसहरु धमाधम भित्रिँदा जिल्लामा कोरोना संक्रमितको संख्या आगामी दिनमा झनै बढ्ने देखिन्छ ।

सरकारले कोरोनाको परीक्षण आफैं स्वयंले गर्नुपर्ने बताइरहेको छ भने जनताले कोरोना संक्रमण रोकथामका लागि कुनैपनि सुरक्षा अपनाउन छाडेका छन् ।

चाडपर्वका बेला भारत तथा जिल्लाबाहिरबाट आएका नागरिक सुरक्षितरुपमा ‘होम क्वारेन्टिन’मा बस्न तथा दशैंमा सुरक्षितरुपमा घरमै दशैं मनाएमात्र कोरोनाभाइरसको जोखिम रोक्न सकिने स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्शन पुश्कल श्रेष्ठ बताउनुहुन्छ ।

उता, जिल्ला प्रशासन कार्यालय प्यूठानले समुदायस्तरमा कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने भन्दै मठ-मन्दिरमा नित्य पूजाआजाबाहेकको सबै धार्मिक कार्य, कोतघरमा लाग्ने सराय नाचलगायत मानिसहरुको भिडभाड हुने स्थानका कार्यक्रममा पूर्ण रोक लगाएको छ ।

दशैंका बेला आफ्नौ घर-परिवारसँगमात्र आर्शीवाद लिने, भिडभाड हुने स्थलमा भौतिक दुरी तथा मास्कको उचित प्रयोग गरेमा मात्र कोरोनाभाइरसको संक्रमणबाट बच्न तथा बचाउन सकिन्छ ।