
पाल्पा, कात्तिक ८ । अत्यधिक वर्षाका कारण यस वर्ष पाल्पामा धान उत्पादन घट्ने भएको छ ।
पछिल्लो समयको बेमौसमी वर्षात् र समयमै आवश्यक पर्ने रासायनिक मलको अभाव भएकाले पनि विगतको वर्षको तुलनामा यस वर्ष धानको उत्पादनमा कमी आउने कृषकहरुको भनाइ छ ।
जिल्लाको अन्न भन्डारको रुपमा रहेका माडी, अर्गली, कचल, सर्देवा, रामपुरमा धानखेती गरिँदै आएको छ ।
कुल क्षेत्रफलमध्ये नौ हजार ३२५ हेक्टरमा स्थानीय उन्नत जातको बीउ प्रयोग गरी खेती गरिएपनि अत्यधिक वर्षा र रासायनिक मलको अभावका कारण उत्पादनमा ह्रास आएको हो ।
सिँचाइको भरपर्दो माध्यम नभएको यस जिल्लामा आकाशेपानीको भरमा धानखेती गर्नुपर्ने यहाँका कृषकहरुको बाध्यता छ ।
कृषि ज्ञान केन्द्रले विगत वर्षमा ३० हजार ४६६ मेट्रिकटन धान उत्पादन भएपनि यस वर्ष केही प्रतिशत उत्पादनमा कमी आउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्