
काठमाडौं, कात्तिक ८ । काठमाडौंको भृकुटीमन्डपमा रहेको सस्तो बजार निम्न वर्गका लागि किनमेल गर्ने मुख्य बजार हो । तर, यस वर्ष यो बजारमा खासै चहलपहल देखिएको छैन ।
व्यापारीहरुले ग्राहक नआउँदा दुई-तीन दिनमा एकपटकमात्रै बोहनी हुने गरेको बताउँछन् ।
कोभिड-१९ संक्रमण जोखिम रोकथामका लागि लामो समय ‘लकडाउन’ हुँदा मानिसहरुको आम्दानी गुमेको छ । खासगरी निम्न वर्गहरु यसबाट अझ बढी प्रभावित भएका छन् । त्यसैले पनि यो बजारमा आउने ग्राहकहरु यस वर्ष कम छन् ।
भृकुटीमन्डपको यो बजार असोज ३ गतेयता निरन्तर खुल्दै आएको छ । दशैंको बेलामा पनि व्यापार कम भएपछि व्यापारीहरु चिन्तित देखिन्छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ७५ प्रतिशत व्यापार भटेको उनीहरुको भनाइ छ ।
सस्तोमा सामान पाउने भएकाले पनि यो बजारमा मानिसहरु किनमेलका लागि पुग्ने गर्छन् । यो बजारमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीहरुको बिक्री हुने गरेको छ ।
महामारीका कारण सस्तो मूल्यमा सामान पाउने बजारमा मात्रै होइन, ‘ब्रान्डेड’ सामान पाइने सपिङ मलमा पनि उपभोक्ताहरु खासै देखिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्