१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाका लक्षणसहितका सबै बिरामीको निःशुल्क उपचार गर्ने कर्णाली सरकारको निर्णय


0
Shares

सुर्खेत, कात्तिक ८ । कर्णाली प्रदेश सरकारले कोभिड–१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

संघीय सरकारले कोरोना संक्रमित विपन्न नागरिककोमात्र उपचार गर्ने निर्णय गरिरहेका बेला प्रदेश सरकारले लक्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको हो ।

मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य गर्न प्रदेशप्रमुखलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित १६ ओटा निर्णयहरु गरेको हो ।

महिला विकास प्रशिक्षण केन्द्रको नाममा रहेको जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार प्राप्त गर्न स्वीकृत गर्ने निर्णय भएको छ ।

यस्तै, सुर्खेत विमानस्थलको विकास र स्तरोन्नतिका लागि प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणकाबीच भएको समझदारीपत्र (एमओयू) अनुमोदन गर्नेलगायतका निर्णय पनि कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको छ ।