
काठमाडौं । कोरोना भाइरसले अमेरिकामा फेरि झन झन उत्पात मच्चाउन थालेपछि संक्रामक रोग विशेषज्ञ एन्थोनी एस.फाउचीले अमेरिकाभरि नै मास्कको प्रयोगलाई अनिवार्य गरिनुपर्ने स्थिति आउन सक्ने बताउनु भएको छ ।
अहिलेसम्मकै सबैभन्दा जटील र गम्भीर अवस्थामा पुगेको कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि मास्कको प्रयोग जरुरी रहेको उहाँको भनाई छ ।
सिएनएनसँगको कुराकानीमा उहाँले स्थिति झनै खराब बन्दै गइरहेको अबस्थााम मास्क प्रयोग अनिवार्य गर्न कठिन भएतापनि यो नियम लागू गर्न आफूले सिफारिश गर्न बाध्य हुने जिकिर गर्नुभएको छ ।
ट्रम्प प्रशासनको हेडक्वार्टर पनि यो कुरामा गम्भीर नभएको र अमेरिकाका सेन्टर्स फर डिजिज कन्ट्रोल (सिडिसी)ले तयार गरेको सार्वजनिक सवारी साधनहरुमा मास्कको अनिवार्य प्रयोगको आदेशलाई ह्वाइटहाउसले अवरोध गरेकोमा उहाँले गम्भीर आपत्ती जनाउनु भएको छ ।
पछिल्लो पटक दर्जनौं राज्यहरुमा कोरोना भाइरसको संक्रमण गम्भीर रुपमा बढ्दै र फैलिँदै गएको स्थितिमा अझ बढी संयोजित र राष्ट्रव्यापी दृष्टिकोणको खाँचो रहेको उहाँको भनाई छ ।
युरोपका कतिपय देशहरुमा पनि भाइरस संक्रमणको प्रकोप बढ्न थालेका छन् । जाडो महिना लाग्दै जाँदा यो भाइरस संक्रमणको प्रकोप झनै खतरनाक बन्दै गएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्