१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राहत पाएपछि विपन्न परिवार भन्छन् : बल्ल दशैं आएजस्तो भयो


13
Shares

सर्लाली । कोरोना र लामो लकडाउनका कारण दशैं मान्ने चिन्ताले पिरोलिएका प्रदेश २ का सर्वसाधरणको खुशी थोरै भएपनि फिरेको छ ।

चाडबाडले छपक्कै छोपी सक्दा समेत कसरी दशैं मान्ने होला ? भन्ने रनभूल्लमा परेका उनीहरु घर आगनमै अन्नपातको जोहो भएपछि खुशी भएकाहुन् ।

सर्लाहीको भगवती गाउँपालिकाका मजहर मुसहरको दिन दसै मान्नकोलागि ऋण खोज्दैमा बित्ने गरेको छ । बर्षको ६ महिना पनि ज्यालादारी गरेर हातमुख जोड्न हम्मेहम्मे पर्ने भएको भन्दै उनले आफ्ना सन्तानलाई दशैंमा नानाको जोहो गरेर खुशी राख्नको लागी ऋणपानको खोजीमा भौतारिनु परेको छ ।

पाउलमायाँ रहमानको पीडा पनि उस्तै छ । सरकारले बृद्धभत्ता देला र दशैं मानुला भन्ने आश गरेका यस्ता बृद्धबद्धाहरुले भक्ता नपाएपछि रनभुल्लमा परेकाछन् ।

गत बर्ष अन्नपात राम्रो भएपनि यसपटक अत्याधिक परेको बर्षाले गर्दा उत्पादन झनै घटेको छ । ज्यालादारी गरेरभए पनि दसैमा आङ् छोप्ने र केहि छाक भए पनि मिठो मसिनो खाएर मुख फेर्ने उनीहरुको धोको अब भने पुरा भएको छ ।

घर–घरमा राहत स्वरुप खाद्यान्न, कपडा र कोरोना माहामारीबाट बच्नको लागि प्रयोग गरीने स्वास्थ्य सामाग्री सेनिटाईजर र मास्क एकैसाथ पाएपछि उनीहरुको मन प्रफुल देखिन्छ ।

दशैं मान्न धौ–धौ परेका उनीहरुलाई दशैंको मुखैमा अन्तराष्ट्रिय गैह्र सरकारी संस्था हेल्पिङ हेन्ड र स्वास्थ्य सेवा तथा उद्धार संघ (हेस्रा नेपाल) ले सहयोग गरेपछि दशैमा निभ्न लागेको उनीहरुको चुलो बाल्न पाउँदा खुशी देखिन्छन् ।

फरमुल्ला मनसुर दैनिक ज्यालादारी गरेको बचत रकमबाट लालाबालालाई नयाँ कपडा किनीदिने सुरमा हुनुहुन्छ । तर, लकडाउन र कोभिडको कारण आर्थिक समस्या परेपछि केहि जोर कपडा किन्न पनि उन्लाई धौधौ परिरहेको छ । शिक्षामा कमी र स्थायी रोजगारी त छदै छैन् ।

सन्तान धेरै भएपछि र काम पाउन मुस्किल भएपछि उनीहरुलाई समस्यामा पर्ने गरेका छन् । नेपाल स्वास्थ्य सेवा तथा उद्धार संघ (हेस्रा) नेपालका कार्यकारी निर्देशक जिया खानले सधै अनिकालमा बाँच्ने यहाँको पिछडिएको बस्तीका बासिन्दाको पीडामा मलम लगाउनको लािग केहिभए पनि सहयोग गरेको बताउनुभयो ।

दशैंको मुखमा आएर संस्थाले बिपद्मा परेका, कोभिड १९ का कारण आर्थिक समस्यामा परेका झापा, सिरहा, सर्लाही, रौतहटलगायतको दुर दराज क्षेत्रमा बसोबास गर्ने अति बिपन्नहरुलाई सहयोग गरिएको हो ।

अन्य समय दुखैदुख भएपनि चाडपर्वमा त खुसी आउनु पर्ने हो । तर, सधै राहत र सहयोगको पर्खाईमा बस्न बाध्य उनीहरुको दैनिकी कहिले फेरीने हो यसै भन्ने सकिने अवस्था छैन् ।

हेस्रा नेपालले दुर्गम क्षेत्रको यस्तो बस्तीका बासीन्दालाई काँधमा चामलको बोरा र हातमा दाल, तेल नुन थमाउदै दसैंको शुभकामना दिएको छ ।

हेस्रा नेपालले कोरोना प्रभावित क्षेत्रका बालबालिकालाई सिमेत पढ्ने बातवरण बनाएको छ भने मनोबैज्ञानिक असर पर्न नदिन र बालबालिकालाई खुशी राख्न बिभिन्न खाद्य सामाग्री बितरण गरेको छ ।

त्यसैगरी बृद्धबृद्धाहरुलाई खाद्यान्नसहित कोरानाबाट बच्न सेनीटाईजर, मास्कलगायतका सामाग्री एकैसाथ बितरण गर्दा उनीहरु पनि मक्ख देखिन्छन् ।

त्यसैले पनि दसैको अवसरमा बितरणगरीएको यस्ता खाद्य सामग्रि र स्वास्थ्य सामाग्रीले राम्रोसंग दसै मान्ने बातावरण बनाउन सके यस्ता दुर्गम क्षेत्रका बासिन्दाका लागि लागि दशैंमा यहि हुने थियो खुशी ।