
तेह्रथुम । कानुन न्याय तथा संघीय मामिला मन्त्री शिवमाया तुम्बाहामफेले तेजाब आक्रमण गर्ने जोकोहीलाई कडा कारवाही हुने बताउनु भएको छ ।
तेह्रथुममा कार्यकर्ता भेटघाट तथा दशैं शुभ कामना आदान–प्रदान कार्यक्रममा उहाँले तेजाब आक्रमणका दोषि तथा मतियारहरुलाई कानुनले तोके अनुसारको कडा सजाय हुने बताउनुभयो ।
उहाँले त्यस्तो जघन्य अपराध गर्नेहरुलाई बीस बर्ष कैद हुने प्रष्ट पार्नुभयो ।
सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पुग्न नसकेको उहाँको गुनसो थियो ।
दशैं मनाउन गृह जिल्ला तेह्रथुम पुग्नु भएकी मन्त्री तुम्बाहाम्फेले जिल्लामा रहँदा योजनाहरुको अनुगमन,शान्ती शुरक्षाको बारे जानकारी लिने र कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्