
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा अपागंता क्षेत्रका अभियन्ता प्रकाश थापाको निधनप्रति नेपाली कांग्रेस इलामले श्रद्धान्जली ब्यक्त गरेको छ ।
जिल्ला सभापति हिमालय कर्मचार्यले आइतबार एक शोक विज्ञप्ति जारी गर्दै जिल्लाले एक कर्मठ कार्यकर्ता गुमाउनु पर्दा पार्टीलाई ठूलो क्षति भएको उल्लेख गरेका छन् ।
अपागंतासँग सम्बन्धित विभिन्न संघसंस्थामा आबद्ध हुँदै समाजसेवा र विभिन्न लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय थापाले खेलेको भूमिकाको पनि पार्टीले स्मरण गरेको छ ।
लामो समयदेखि दुबै मृगौलाको समस्या भोगिरहेका थापाको यही कार्तिक ७ गते निधन भएको थियो ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघका पूर्वअध्यक्ष र अपांग एकता समाज इलाम अध्यक्ष समेत रहेका थापा नेपाली काँग्रेस इलामका कार्यसमितिको सदस्य थिए ।
अपांगता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक तथा राजनीतिक हक अधिकार प्राप्तिका लागि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
थापाको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पनि श्रद्धान्जली ब्यक्त गरेको छ । सचिब गणेश केसीद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा लोकतान्त्रिक अपांग संघ र अपांगता अभियानलाइ अपुरणीय क्षति पुगेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्