१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चौरसियाको हत्याको जाहेरी दर्तागर्न माग गर्दै पर्सामा आजपनि प्रदर्शन


0
Shares

पर्सा । पर्साको विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्तागर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साले जिल्ला प्रहरी कार्यालय अगाडि आइतबार पनि प्रर्दशन गरेको छ ।

नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले सरकार र प्रहरीबिरुद्ध चर्को नारावाजी गर्दै प्रर्दशन गरेका हुन् ।

घटनाको तीनदिन वितिसक्दा पनि सचिव मुकेश चौरसियाको आफन्तले उठाएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संग्लना व्यक्तिहरुको जाहेरी दर्ता नगरेको कारण विरोध झन चर्कदै गएको छ ।

घटनामा संलग्न व्यक्तिहरुलाई सरकारले संरक्षण गर्न खोजेको भन्दै पुष्पकमल दाहाल र माधव नेपाल पक्षधर जिल्लाका नेता तथा कार्यकर्ताहरुले प्रर्दशन गरेका हुन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङले हिजै मुदा दर्ता गर्ने सहमति भइसके पनि प्रहरी उपरीक्षक गंगा पन्थले मुद्धा दर्ता नगर्नु आश्यर्चयजनक भएको बताउनुभयो ।