८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मालाई सम्मान


0
Shares

काठमाडौं, साउन १ । वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा धर्मराज–सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कारबाट सम्मानित भएका छन् ।

जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा शर्मालाई सम्मान गरेको हो । शर्मालाई प्रतिष्ठानले ५० हजार राशीको पुरस्कार प्रदान गरेको छ ।

१९९१ असार ९ गते इलाममा जन्मिएका शर्माले नेपाली साहित्यमा अमूल्य योगदान पुर्‍याएका छन् । उनले निबन्ध, कथा, उपन्यास र पाठ्यपुस्तकहरु लेखेका छन् ।

झर्रोवादी आन्दोलनका अग्रणी शर्माको कृति ‘बेलाईततिर बरालिँदा’ले मदन पुरस्कार पाएको थियो ।