
सियोल, कात्तिक ९ । विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उहाँ ७८ वर्षका हुनुहुन्थ्यो ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ ।
सामसुङद्वारा जारी विज्ञप्तिमा स्थानीय सानो व्यवसाय विस्तार गर्दै विश्वमै अग्रणी औद्योगिक कम्पनी बनाउन दूरद्रष्टा लीको योगदान अतुलनीय रहेको जनाइएको छ ।
लीका श्रीमती, दुई छोरी र एक छोरा छन् । लीलाई सन् २०१४ मा हृदयाघात भएको थियो ।
सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को पाँच भागको एक भाग बराबर रहेको मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्