
काठमाडौं, कात्तिक ९ । नेपालमा पछिल्लो २४ घन्टामा २,८५६ जना कोरोना संक्रमित थपिएका छन् ।
१२,३११ ओटा स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गर्दा १,०६७ महिला र १,७८९ पुरुष गरी २,८५६ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १,५३५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १,५८,०८९ पुगेको छ ।
थप ३,३३६ ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा देशभर ३,३३६ जनाले कोरोना संक्रमणलाई जितेका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १,११,६७० पुगेको मन्त्रालयले जनाएको छ ।
थप पाँचको मृत्यु
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण देशभर पाँचजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित ४५,५७२ जना रहेका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्