
सर्लाही, कात्तिक ९ । सर्लाहीको लालबन्दीबाट गत वर्ष तीन अर्ब बढीको तरकारी निकासी भएको छ ।
लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाटमात्रै तीन अर्ब १८ करोड रुपैयाँ बढीको तरकारी निकासी भएको हो ।
यस क्षेत्रका किसानले करिब एक हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा जम्मा भएर विभिन्न स्थानमा निकासी हुने गरेको कृषिबजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ ।
गोलभेंडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी गोलभेडा बाहिरिने गरेको छ ।
तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसानहरु व्यावसायिक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्