
काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकहरुले श्रावण १ गते बाट लागू हुने गरी इन्टरनेटको मूल्य वृद्धि गरे पनि नेपाल टेलिकमको इन्टरनेट शुल्क भने यथाबत रहेको छ ।
टेलिकमले सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगरेको जनाएको छ ।
सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको टेलिकमको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्