१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महँगियो फलफूल


0
Shares

काठमाडौं, कात्तिक ९ । दशैंको बेला फलफूलको मूल्य बढेको छ । पसलैपिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ता मारमा परेका छन् ।

चाडपर्वको बेला फलफूल, मिठाइ, माछा-मासुलगायतको खपत बढी हुन्छ । त्यसैले यो समयमा त्यस्ता वस्तुहरुको मूल्य बजारैपिच्छे फरक पर्ने गरेको देखिन्छ ।

सरकारले आफ्नो उपस्थिति बजारमा नदेखाउँदा पसलैपिच्छे मूल्यमा फरक परेको उपभोक्ताको गुनासो छ ।

चाडपर्वको समयमा पनि सरकारले बजार अनुगमन नगरिदिँदा महँगो मूल्य तिरेर फलफूल उपभोग गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।

व्यापारीहरुले भने थोक व्यापारीका कारण खुद्रा बजारमा पसलैपिच्छे मूल्यमा फरक पर्ने गरेको बताएका छन् ।

आफूहरुले मूल्य बढाएको भन्दापनि होलसेल पसलले नै मूल्यमा एकरुपता कायम नगरिदिँदा बजारमा पसलैपिच्छे फरक मूल्य देखिएको उनीहरुको भनाइ छ ।