१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रेमिका विवादमा हत्या


0
Shares

भक्तपुर, कात्तिक ९ । भक्तपुर नगरपालिका-१, इँटापाकोस्थित मेटल कारखानामा कार्यरत् ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले आइतबार दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश, मुरादाबाद, कुन्दरकी घर भइ हाल भक्तपुर इँटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत, उत्तर प्रदेश, मुरादाबाद, मोहलपुर घर भइ हाल सोही कारखानामा बस्ने २३ वर्षीय सलमान खान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।

शनिबार राति करिब ९ बजे तीनजनासँगै बसेर मदिरा सेवन गरेको र सोहीक्रममा सलमानकी प्रेमिकालाई शहीदले अपशब्द प्रयोग गरेपछि कोठामा फर्कनेक्रममा खान र अन्सारीले ढुंगा तथा इँटाले मुख र टाउकोमा हानेर हत्या गरी नर्कटघारीमा शव खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आइतबार बिहान पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेपछि अनुसन्धानकाक्रममा प्रहरीले ती दुईलाई पक्राउ गरेको र घटनाबारे ती दुईले स्वीकार गरेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।