१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न दाहालको माग


0
Shares

काठमाडौं, कात्तिक ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।

अध्यक्ष दाहालले आइतबार विज्ञप्ति जारी गर्दै दोषी जोसुकै भएपनि कारबाही गर्न माग गर्नुभएको हो ।

यही कात्तिक ६ गते पर्सा, विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथग्रहण कार्यक्रममा नेकपा पर्सा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव चौरसियाको हत्या भएको थियो ।

अध्यक्ष दाहालले चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कारबाही गर्न माग गर्दै पार्टी जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट जारी वक्तव्यको समर्थनसमेत गर्नुभएको छ ।

‘हत्याजस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ’-अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’