
सोलुखुम्बु । सोलुखुम्बुमा एकैदिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
निर्माणाधिन ८६ मेगावाट सोलुखोला दूधकोशी हाईड्रोपावरका २५ जना कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
५१ जनाको पीसीआर परीक्षणमा आज २५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिनुुभयो ।
उनीहरुलाई हाईड्रो पावरको आईसोलेसनमा राखिएको छ ।
आजै सोलुदूधकुण्ड नगरपालिका–२ बेनीका जनप्रतिनिधि, प्रहरी, एम्बुलेन्स चालक र स्थानीय गरी चार जना र खुम्बु पासाङल्हमू गाउँपालिकाका ९ जना स्थानीयमा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्