१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाका कारण विशिष्ठहरुको दशैं टीका प्रभावित


0
Shares

काठमाडौं । कोरोना महामारीका कारण विशिष्ठहरुको दशैं टीका पनि प्रभावित भएको छ ।

विगतका दशैंमा राष्ट्रपति लगायत विशिष्ठ व्यक्तिहरुले सर्वसाधारणलाई दशैं टीका लगाउने गर्नुभएको थियो ।

विगतमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले टिका लगाईसकेपछि राष्ट्रपति कार्यालय शितल निवासमा विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाउने गर्नुभएको थियो ।

तर, राष्ट्रपति कार्यालयले यसअघि नै कोरोना महामारीको कारण यसपटक घरपरिवार बाहेक अन्य विशिष्ठ व्यक्ति र सर्वसाधारणलाई टीका नलगाउने सूचना जारी गरेको थियो ।

यद्यपी, राष्ट्रपति भण्डारीले शुभसाइत १०ः१९ बजे नै आफ्ना गुरुबाट टिका र जमरा ग्रहण गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रधानमन्त्री निवाश बालुबाटारमा सर्वसाधारणलाई टिका लगादिने गर्नुभएको थियो ।

यसपटक भने नजिकका आफन्त बाहेक सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गर्नुभएको छ ।

यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यस पटक सर्वसाधारणलाई दशैं टीका लगाउनुभएन ।

विगतमा उहांले आफ्नै निवाशमा सर्वसाधारणलाई टीका लगाउँदै आउनुभएको थियो ।

अन्य विशिष्ट व्यक्तिहरुले पनि परिवारका सदस्य बाहेक अन्यलाई टीका लगाउने कार्यक्रम स्थगित गर्नुभएको छ ।