
काठमाडौं, कात्तिक १० । विजयादशमीको अवसरमा जीवित देवी कुमारी तथा गणेश र भैरवले सीमितरुपमा आफन्त र सर्वसाधारणलाई तलेजुभवानीको टीका लगाइदिनुभएको छ ।
सोमबार जीवित देव-देवीको हातबाट टीका लगाउँदा स्वास्थ्य सुरक्षाको मापदन्ड अपनाइएको जनाइएको छ ।
यता, काठमाडौंको इन्द्रचोकमा रहेको आकाशभैरवको चालँ पूजा पनि सोमबार सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्