
काठमाडौं, कात्तिक १० । कोरोना महामारीका कारण यस वर्षको बडादशैंमा चहलपहल कम देखिएको छ ।
मानिसहरु घरभित्रै सीमित रहेर दशैं मनाइरहेका छन् । जुन विषम परिस्थितिका कारण आवश्यक र जायज पनि छ ।
कोरोना महामारीका कारण यस वर्षको दशैं विगतका वर्षमा जस्तो उल्लासपूर्ण हुनसकेको छैन ।
अवस्था सामान्य हुन्थ्यो भने दशैंको टीकाको दिन मान्यजनबाट टीका र आर्शीवाद ग्रहण गर्नेहरुको चहलपहल हेर्न लायक हुन्थ्यो । तर, विगत वर्षमा जस्तो यसपटक चहलपहल छैन ।
यस वर्ष कोरोना महामारीका कारण चहलपहल कम छ । मानिसहरुको आवतजावत पातलिएको छ ।
टीकाको दिन फाट्टफुट्ट चलेका निजी र सार्वजनिक सवारी-साधनबाहेक सडकमा सवारी-साधन निकै कम गुडेका छन् ।
आफन्त तथा मान्यजनकहाँ गइ आर्शीवाद ग्रहण गर्दै खुसी साटेर मनाइने दशै यस वर्ष घरभित्र सीमित बनेको छ ।
प्रत्यक्षरुपमा भेटघाट गर्न महामारीको मारले गर्दा दशैं ‘डिजिटल’रुपमा पनि मनाइएको छ । यसैलेपनि धेरैका लागि यस वर्षको दशैं खल्लो बनेको छ ।
राजधानीमा प्रत्येक दिन संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य सुरक्षा अपनाएर घर-घरमा टीका लगाउन सरकारले नै अपिल गरेको छ ।
कोरोनाको त्रासकै कारण यस वर्ष काठमाडौंबाट आ–आफ्नो थातथलोमा दशैं मनाउन जानेपनि कम नै थिए ।
टीका लगाउन हिँड्नेहरु धेरैजसोले पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गर्दै हिँड्ने गरेका छन् ।
स्वास्थ्यको ख्याल गर्दैै सुरक्षित रहेमा चाडपर्वहरु अर्को वर्ष पनि मनाउन सकिन्छ । विषम परिस्थितिको ख्याल गरौं, स्वास्थ्य सुरक्षाको मापदन्ड पालना गरौं ।
प्रतिक्रिया दिनुहोस्