
इलाम, कात्तिक १० । इलामको चुरे क्षेत्रका चार स्थानीय तहमा सुपारी खेती सुरु गरिएको छ ।
झापासँग सीमा जोडिएका चुरे क्षेत्रमा सुपारी खेतीबाट आम्दानी लिँदै आएका किसानले व्यावसायिक खेतीका लागि सम्भाव्यता अध्ययनको माग गरेका छन् ।
चुरे क्षेत्रका समथर भूभागमा सुपारी खेती विस्तार भएको छ । तराईसँग जोडिएको चुरे क्षेत्रमा सुपारी खेती गर्न मिल्ने हावापानी भएकाले किसानले सुपारी खेती लगाउन थालेका हुन् ।
चुरे क्षेत्रको भूक्षय रोक्न सहयोग पुग्ने सुपारी खेती राम्रो हुने गरेकाले सम्भाव्यता अध्ययनको काम भइरहेको माई नगरपालिका प्रमुख दीपक थेवेले बताउनुभयो ।
खाली रहेका पाखो बारीमा पनि सुपारी खेती फस्टाउन थालेपछि किसानले व्यावसायिक खेतीका लागि अध्ययन गर्न माग गरिएको छ ।
यसअघि, फाट्टफुट्टरुपमा सुपारी खेती हुने भएपनि व्यावसायिकरुपमा खेती गरिएको थिएन ।
प्रतिक्रिया दिनुहोस्