१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुजारीको हत्या


0
Shares

परासी, कात्तिक १० । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेलापरेको छ ।

सुस्ता गाउँपालिका–४, नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव सोमबार फेलापरेको हो ।

केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटीनजिकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले राससलाई जानकारी दिनुभयो ।