
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सोमबार भएको खेलमा किंग्स ११ पंजाबले कोलकता नाइट राइडर्सलाई ८ विकेट पराजित गरेको छ ।
शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।
१ सय ५० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पञ्जावले १८ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
मन्दीप सिंहले सर्वाधिक ६६ रन बनाउँदा क्रिस गेलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ५१ रन जोडे । त्यस्तै केएल राहुलको २८ रन महत्वपूर्ण रह्यो ।
कोलकताका लागि वरुण चक्रवर्ती र लोकी फ्रेगुइसनले समान १/१ विकेट लिए ।
यसअघि कोलकताका लागि शुभमन गिलले सर्वाधिक ५७ रन र कप्तान इयोन मोर्गनले ४० रन जोड्दै टीमको स्कोर १ सय ४९ पुगेको थियो ।
त्यस्तै लोकिइ फ्रेगुइन २४ रनमा अभिजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।
पंजाबका लागि मोहम्मद शमीले ३ विकेट, रवि बिस्नोइ र क्रिस जोर्डनले २÷२ विकेट लिए । जितसँगै पंजाव १२ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्