१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना संक्रमित चिकित्सकलाई पनि काम गर्न बेल्जियम सरकारको निर्देशन !


0
Shares

काठमाडौं । बेल्जियम सरकारले लिस शहरका कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई आआफनो क्षेत्रमा कार्यरत रहन निर्देशन दिएको छ ।

बेल्जियमको मेडिकल युनियन संघ प्रमुख डा.फिलिप डेभोसले लक्षण नदेखिएका कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई काममा लाग्न निर्देशन दिएको हो ।

बेल्जियमको लिस शहरका विभिन्न १० वटा अस्पतालमा कार्यरत एक चौथाई स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित छन् ।

स्वास्थ्यकर्मीहरुको अभावका कारण सर्वसाधारण उपचारबाट बञ्चित नहोस भन्ने उद्देश्यले लक्षण नभएका स्वास्थकर्मीहरुलाई काममा आउन भनिएको डा.डेभोसको भनाई छ ।

संक्रमित स्वास्थयकर्मीहरुबाट कोरोना सर्न सक्ने जोखिम हुँदाहुँदै पनि यो नियम लागू गर्नआफुहरु बाध्य भएको डा.डेभोसको भनाई छ ।

बेल्जियममा हरेक तीन ब्यक्तिको कोरोना परिक्षणका क्रममा एकजना संक्रमित पुष्टी हुन थालेको छ । कोरोना संक्रमितका कारण अस्पतालहरु खचाखच भरिएका छन ।

अन्य गम्भीर बिरामीहरुको हकमा भने कुनै प्रकारको उपचार नहुने भएको छ ।

बेल्जियमले कोरोनाका कारण गम्भीर स्थिती सामना गरिेरहेको भन्दै बेल्जियमका स्वास्थ्यमन्त्री फ्रान्क भान्डेनब्रुकले देशमा आगामी दिनमा संक्रमणको सुनामी आउन सक्ने चेतावनी दिनुभएको छ ।

बेल्जियममा कोरोना संक्रमणका कारण हालसम्म १० हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३ लाख २१ हजार पुगेको छ ।