
काठमाडौं । भारतको फरिदाबादस्थित एक कलेजको बाहिर एक छात्राको गोली हानेर हत्या गरिएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार हरियाणाको फरिदाबादमा २१ वर्षीया छात्रालाई कारमा आएका एक व्यक्तिले सुरुमा अपहरणको प्रयास गरेका थिए ।
अपहरणको योजना असफल भएपछि उनीमाथि गोली प्रहार भएको हो । ती छात्रा परीक्षा दिएर कलेजबाट बाहिरिने क्रममा गोली प्रहार गरी हत्या गरिएको खबरमा उल्लेख छ ।
प्रहरीले घटनामा संलग्न दुईजनाको खोजी भइरहेको जनाएको छ । अभियुक्त मध्ये एकजना युवतीका चिनजानका व्यक्ति रहेको प्रहरीको भनाई छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्