
प्रतीकात्मक ।
खोटाङ, कात्तिक ११ । खोटाङको बराहापोखरी गाउँपालिका–५, सोह्रखानीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।
मंगलबार उदयपुर र खोटाङको सिमानामा पर्ने बराहापोखरी गाउँपालिकाको बङ्सिलाघाटमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका–६ का दक्षुमान राई, बराहापोखरीकै विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिकाकी बृहस्पति राई छन् ।
उदयपुरबाट चिसापानी आउँदै गरेको को१ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्