१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अलैंचीको मूल्य घटेको घट्यै


0
Shares

इलाम, कात्तिक ११ । दशैंमा अलैंचीको मूल्य बढ्ने आश गरेका इलामका किसान निराश भएका छन् ।

गत वर्षजस्तै यस वर्ष पनि दशैमा अलैंचीको मूल्य बढ्ने र गोदामबाटै बिक्री हुने आशा संगालेका किसानहरु मूल्य ओरालो लागेपछि निराश भएका हुन् ।

पाँच वर्षअघि प्रतिमन एक लाख ३० हजार रुपैयाँका दरले बिक्री भएको अलैंची निरन्तर ओरालो लाग्दै अहिले प्रतिमन २० हजार रुपैयाँमा झरेको छ ।

पछिल्लो समय अन्नबाली नै मासेर अलैंची खेती गर्न थालेपनि ‘लकडाउन’ले मूल्यमा गिरावट आउन थालेपछि मर्कामा परेको किसानहरुको गुनासो छ ।

इलाममा सबैभन्दा धेरै आम्दानी हुने नगदेबालीका रुपमा अलैंची रहेको छ ।

सिँचाइका लागि पाइप, हिउँदमा तुसारोबाट जोगाउनका लागि केही सहयोग गर्नुका साथै बिक्रीका लागि सहज बजार खोजिदिनुपर्ने किसानहरुको माग छ ।