१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘कोभिड-१९ कथाहरु’ सार्वजनिक


13
Shares

काठमाडौं, कात्तिक ११ । स्वदेश तथा विदेशमा रहेका २६ जना नेपाली लेखकहरुको अनुभव, कथा, संस्मरणको संगालो ‘कोभिड-१९ कथाहरु’ नामक पुस्तक प्रकाशन भएको छ ।

पुस्तकमा अभिनेत्री मनिषा कोइरालादेखि उद्यमी जीवा लामिछाने, सुरेन्द्र नेपाल श्रेष्ठ, डा. संगीता स्वेच्छा, टपी पौडेल, राजव, सायद अशोकदेखि निरु त्रिपाठी, कुमार शर्माका लेखहरु समावेश गरिएको छ ।

पुस्तकमा कुमार नगरकोटी, राजकुमार बानियाँ, गनेस पौडेल, निर्मल थापा, रोशन शेरचनलगायतका स्रष्टाहरुको कथा समेटिएको छ ।

कोरोनाको अवस्था र भोगाइ आगामी पुस्ताको लागि दस्तावेजको रुपमा रहने पुस्तकका संयोजक तथा सम्पादक निर्मलकुमार थापाले बताउनुभयो ।

पुस्तकलाई नेपाली साहित्य तथा संस्कृतिको सम्वर्द्धनमा लागेको विश्वव्यापी सञ्जाल भएको गैरनाफामूलक संस्था नेपाल सेन्टर इन्टरनेसनलले प्रकाशन गरेको हो ।