
तेह्रथुम, कात्तिक ११ । तेह्रथुममा प्रहरीले तास खेलिरहेको अवस्थामा छजनालाई नियन्त्रणमा लिएको छ ।
म्याङलुङ नगरपालिका-१ स्थित जर्नी गेस्टहाउसबाट तास खेलिरहेको अवस्थामा म्याङलुङ-१० बस्ने ४७ वर्षीय रत्नबहादुर दमाईंलगायत छजनालाई सोमबार साँझ प्रहरीले पक्रेको हो ।
उनीहरुको साथबाट नगद ९० हजार ५४५ रुपैयाँ र तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्