
फाइल तस्वीरः फेसबुक ।
बर्दिया, कात्तिक ११ । प्रहरीले बर्दियाबाट मंगलबार बिहान एकथान पेस्तोल बरामद गरेको छ ।
गुलरिया नगरपालिका-१, खैरापुरस्थित सडक किनारमा बेवारिसे अवस्थामा रहेको ‘मेड इन इटाली’ लेखिएको पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको हो ।
प्रहरीचौकी खैरापुर (ख)बाट खटिएको प्रहरीले उक्त पेस्तोल फेलापारेको थियो ।
सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्