
काठमाडौं । इन्डियन प्रिमियर लीग आईपीएल टी–२० क्रिकेटमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हिजो राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो ।
हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रन बनाए । टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए ।
कप्तान श्रेयस एयर ७ रनमा आउट हुँदा शिखर धवन सुन्य रनमा पेभेलियन फर्किए । दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए ।
यस्तै सन्दीप शर्मा र टी नटराजनले २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।
दिल्लीको फराकिलो लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । रिद्दिमानले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए ।
दिल्लीका एनरिच नोर्टजे र रविचन्द्र आश्विनले १र१ विकेट लिए । हैदराबादसँग पराजित भएपछि दिल्ली भने लिगको शीर्ष स्थानमा उक्लन असफल भएको छ ।
दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रन बनाए । टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए ।
जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोडेको छ भने हैदराबाद छैटौं स्थानमा उक्लिएको छ ।
हैदराबादसँग पराजित भएपछि दिल्ली भने लिगको शीर्ष स्थानमा उक्लन असफल भएको छ । दिल्लीले १२ खेलमा ७ जितसहित १४ अंक जोडेको दिल्ली तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्