१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जिपी फाउन्डेसन अमेरिकाद्वारा २९ औं पटक राहत वितरण


0
Shares

काठमाडौं । गिरिजा प्रसाद(जिपी) कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य पदार्थ र फ्रोजन चिकेन वितरण गरेको छ ।

न्युयोर्क शहरको क्वीन्सबोरो स्थित विभिन्न संघसस्थाहरु मार्फत बुधवार, अक्टोवर २१, २०२० का दिन निशुल्क खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

फाउण्डेशनले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा.ओट्टो स्टार्जमेनसँग सहकार्य गरी ५७६ बक्स निःशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन, तरकारी र फलफुल वितरण गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनुभयो ।

फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरु क्रमशः वालुङ किदुग युएसएलाइ ४८ बक्स, मनाङ समाज अमेरिका ४८ बक्स, भुटानी ऐसोसिएसन न्युयोर्क अमेरिका ७२ बक्स, राम खड्का १५ बक्स, टेक ब. कार्कीं,पुष्कर बरालं, सोनाम गेलु शेर्पा ४८ बक्स, दोलखा लामा बगर २४ बक्स र सार्वजनिक बितरणबाट ३२१ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्यहरु रामचन्द्र अधिकारी, सूर्य सिम्खडा र महिला संयोजक दावा शेर्पाले सक्रियता देखाएका थिए ।

त्यस्तै स्वयंसेवीका रुपमा कांग्रेस नेताहरु साङतेम्बा शेर्पा, फुर्पा शेर्पा, छेवाङ शेर्पा, आङ पासाङ शेर्पा, सेरगेल्पु शेर्पा, दावा शेर्पा, रिनजेन शेर्पा, सानु शेर्पा, टंक खडका, नेत्री कमला पन्तले भूमिका नर्वाह गरेका थिए ।

फाउण्डेशनलाई टिसर्ट प्रिन्ट गर्न दान गरेर सहयोग गर्नुहुने बिरेन्द्र मानन्धर, वकिल नरेश गेही, फाउण्डेशनका मानार्थ सदस्यद्वय शान्त रीसाल र शान्त थापा मगरलाई फाउन्डेसनले धन्यवाद दिएको छ । फाउण्डेशन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन डा. ओट्टो स्टार्जमेनप्रति पनि आभार प्रकट गरेको छ ।