
सुर्खेत । पार्क भन्ने वित्तिकै फूल र बगैँचाको संगम भन्ने जो कोहिले अड्कल लगाउँछ ।
तर पार्कको आकर्षणका लागि संगीतको सुर तालमा पानीको मात्रा र गतिलाई संयोजन गरी पार्क बनेमा त्यो नेपालको लागि नयाँ हुन्छ ।
अहिले सुर्खेतको वीरेन्द्रनगरमा यस्तै संगीतको सुर तालमा पानीको फोहोरा चल्ने गरी ‘चौघान मनोरन्जन पार्क’ निर्माण गर्न थालिएको छ ।
वीरेन्द्रनगर- ६ मा निर्माण भइरहेको ‘चौघान मनोरन्जन पार्क’ मा विदेशी र नेपाली नागरिकका लागि टिकट काट्ने अलग अलग व्यवस्था मिलाइएको छ ।
पार्कमा छिर्दा अलौकिक पानीको फोहोरा र संगीतको संयोजनले आनन्दित तुुल्याउँछ ।
पार्कभित्रका रंगी विरंगी फुलहरु, लाइट र फरक फरक संगीतको सुर तालमा पानीका फोहोराहरुको मञ्चनले ‘चौघान मनोरन्जन पार्क’ मा अनौठा र आकर्षक दृश्यहरु देख्न सकिन्छ ।
पानीका फोहोराहरु पञ्चेवाजा र नरसिंह आकृतिमा सिघा र संगीतको सुरतालमा गएका छन् ।
बढ्दो शहरीकरणलाई ध्यान दिदै वीरेन्द्रनगरको छेउमै ‘चौघान मनोरन्जन पार्क’ निर्माणका लागि आर्किटेक्ट इन्जिनियर पल्लभी सिंहले स्थानीय कला संस्कृतिलाई केन्द्रमा राख्दै यस्तो डिजाइन दिनु भएको छ ।
पार्कको बगैँचा वरपर पानीको व्यवस्था हुनेछ । फूल, वनस्पति बगैंचा, पानीका फोहोरा, हिँड्ने बाटो, सांगीतिक क्षेत्र, शिवलिंग, लगायत आकर्षणका केन्द्र पार्कमा हुनेछन् ।
म्युजिकको तालमा पानी चल्ने र त्यसमा बल्ले विभिन्न लाइटले जो कोहीलाई पनि आकर्षित गर्ने छ ।
बालबालिका, युवा र वृद्ध सवै उमेर समुहका लागि पार्क लोकप्रिय हुने विश्वास गरिएको छ ।
पार्क निर्माणको पहिलो चरणमा ५५ रोपनी जग्गामा कम्पाउण्डवाल लगाउन थालिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजना अनुसार पार्क निर्माणको काम शुरु भएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको करिव २ करोड २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको कम्पाउण्डवालको ठेक्का मजदुर कन्ट्रक्सनले लिएको छ ।
वहुवर्षिय योजना भएकाले तत्काल कम्पाण्डवाल र गेट निर्माणको काम थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्